Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १२ : १० मा प्रकाशित

ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष

वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाे छ । 

ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा गत शुक्रबार साँझ बसिएकाे बैठकमार्फत् ब्याजदर बढाएर मात्रै निक्षेप नआउने भन्दै ब्याजदर स्थिर राख्ने निणर्य गरिएकाे हाे । 

ब्याजदर नबढ्ने वातावरण बनाउन अर्थमन्त्री र गभर्नरबीच छलफल, तयारीमा जुट्यो राष्ट्र बैंक

याे सँगै अब वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपकाे ब्याजदर ११.०३ प्रतिशतलाई नै निरन्तरता दिनेछन् । यसअघि मुद्दती निक्षेपमा १० प्रतिशतको हाराहारीमा र बचत खातामा ६ प्रतिशतको हाराहारीमा रहेको व्याजदर बढाउँदै वाणिज्य बैंकहरुले फागुन महिनामा मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र बचत खातामा ८ प्रतिशतको हाराहारीमा व्याज दिएका थिए ।

बैंकहरूले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको