Like us!
Follow us!
Connect us!
Watch us!

ईपीएस अन्तर्गत ९ हजार कामदार आपूर्तिका लागि आवेदन खुला(सूचना सहित)

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, ०६ : ४९ मा प्रकाशित

ईपीएस अन्तर्गत ९ हजार कामदार आपूर्तिका लागि आवेदन खुला(सूचना सहित)

नेपाल सरकारले होजगार अनुमति प्रणाली (ईपीएस) मापर्mत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ५४ जनाको आवेदन खुला गर्ने भएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएप शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाने उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ प्रमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा माग आरोदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन पाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । 

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।  

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने  उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।  

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ।  ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

यस्तो छ सूचनाः

622e96f32537f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको