Like us!
Follow us!
Connect us!
Watch us!

किन चलेन टिएमएस ? चलखेलको आशंका !

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १२ : ४९ मा प्रकाशित

किन चलेन टिएमएस ? चलखेलको आशंका !

आज (सोमबार) कारोबार सुरू भएदेखि नै टिएमएसमा समस्या देखिएको छ । टिएमएसमा देखिएको समस्याबाट हैरान परेका लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरिरहेका छन् ।

यो समस्या पहिलो पटक मात्रै हैन । बेला बेलामा टिएमएस नचल्ने समस्या लगानीकर्ताहरुले भोगिरहेका छन् । नेप्सेमा देखिएको समस्या प्राविधिक समस्या भन्दा पनि नियोजित रुपमा बजारलाई प्रभावित पार्ने उद्देश्यले बिगारिएको आरोप लगानीकर्ताहरुको छ । नेप्सेमा सधै किन उच्च अंकको बृद्धि वा गिरावट आउँदा समस्या देखिन्छ एक लगानीकर्ताहले प्रश्न गरे 'यहाँ पक्कै पनि बाघ कराउनु र बाख्रा हराउनु एकै पटक भएको छ सम्बन्धीत निकायको ध्या जाओस्' उनले भने । 

टिएमएसमा देखिएको समस्याका बारेमा नेप्सेमा बुझ्दा यो समस्या नेप्सेको टिएमएसमा आएको नभई केहि ब्रोकरहरुको सर्भरमा आएको केहि प्राविधिक समस्याका कारण देखिएको बताउछन् नेप्सेका प्रवक्ता मुराहरी पराजुली । उनले अर्थसंसार संगको कुराकानीमा भने 'यो समस्या टिएमएसको सिस्टमका कारण आएको होइन, केहि ब्रोकरहरुको सर्भरमा समस्या आँउदा टिएमएस नचलेको हो अहिले ब्रोकहरुले यो समस्याको समाधान पनि गरिरहेका छन् ।'  

यो पनि पढ्नुहोस् 

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

सिक्नुहोस Bollinger Band कमाउनुहोस् पैसा | प्रयोग कसरी गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको