Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०८ : ०८ मा प्रकाशित

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत  निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा  मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् । सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन् । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको