Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश !

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०८ : २५ मा प्रकाशित

तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश !

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभा चैत्र २७ गते तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, रजिष्टर्ड कार्यलय बौद्ध काठमांडौमा अनलाईन माध्यामबाट बिहान ११ बजेबाट सुरु हुने छ ।  ।

सभामा होटल्सको सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ साथै सभाले प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनःनियुक्तीलाई अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले १२ चैत्रदेखि २७ चैत्रसम्म बुक क्लोज गर्नेछ । यसअनुसार ११ चैत्रसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

यस्ताछन् अन्य ऐजेन्डाहरुः

क) सामान्य प्रस्ताव

१) आर्थिक वर्ष २०७७/०७८ (२०२०/२०२१) को सञ्चालक समितिको २५ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/०७८ (२०२०/२०२१) को वित्तिय विवरणहरु : वासलात, नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने।

३) आ.व. २०७८/०७९ (२०२१/२०२२) को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) आईसिटिसी होल्डिङ्ग कम्पनी प्रा.लि. बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्रीमती दिजा श्रेष्ठको स्थानमा श्री जयादिन श्रेष्ठको नियुक्तीलाई अनुमोदन गर्ने ।

५) प्रवन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने ।

ख) विविध

6233f1be70a78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको