Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १२ : ३१ मा प्रकाशित

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी भने स्थिर रहेकाे हाे । 

चैत्र १ गते, मंगलबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप ४ अर्बले घटेकाे हाे । फागुन ३० गते, साेमबारसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४१ खर्ब ६९ अर्ब रुपैयाँमा स्थिर रहेकाे छ । 

बैंकहरूकाे निक्षेप घट्दा सीडी रेसियो बढेकाे छ । फागुन ३० गते औसतमा ९०.५४ प्रतिशत रहेको सीडी रेसियो चैत्र १ गतेसम्ममा बढेर ९०.४७ प्रतिशत पुगको छ। 

62342b4da077f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको