Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १२ : ४८ मा प्रकाशित

अपि पावरले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । 

कम्पनीकाे आज (चैत्र ४ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि चैत्र १४ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ ।

अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62342f8982ff6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको