Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्दापनि किन बढ्दै छ सोल्टी होटेलको सेयर मूल्य, ३०० माथि जाला ?

बसन्त पाण्डे

शुक्रबार, ०४ चैत्र २०७८, १५ : २१ मा प्रकाशित

नेप्से घट्दापनि किन बढ्दै छ सोल्टी होटेलको सेयर मूल्य, ३०० माथि जाला ?

केहि समयअघि नेप्से २५०० को आसपासमा आउँदा होटेल एण्ड टुरिज्म सेक्टरको इन्डेक्स २८८० को बिन्दुसम्म आइपुगेको थियो। २५०० बाट बढ्दै नेप्से २६८० को बिन्दुसम्म पुगेर २६८० बाट घट्दै गत बुधबार २६३१ को बिन्दुमा क्लोज भयो भने होटेल सेक्टर २८८० को बिन्दुबाट बढेर ३३१७ को बिन्दुसम्म पुगेर गत बुधबार ३२५८ को बिन्दुमा क्लोज भयो। यसबीचमा नेप्से करिब ५% ले बढ्यो तर होटेल एण्ड टुरिज्म सेक्टर १५% भन्दा धेरैले बढेको छ। होटेल एण्ड टुरिज्म सेक्टरमा पनि सोल्टी होटेल लिमिटेड (SHL) सबैभन्दा धेरै करिब २५% ले बढेको देखिएको छ। SHL को सेयर मूल्य बढ्दै गर्दा उच्च भोलुममा कारोबार हुनुले भविष्यमा केहि 'गुड न्युज' आउन सक्ने सम्भावना रहेको संकेत गरेको छ। विशेषगरी कोरोना भाईरसको असर विश्वव्यापी रुपमै अत्यन्तै कम हुँदै गएको र रुस र युक्रेनबीच भैरहेको युद्ध पनि केहि समयभित्रै समाप्त हुने संकेत देखिएकाले त्यसपछि विश्वव्यापी रुपमै पर्यटन क्षेत्रको व्यापार मौलाउने  विश्लेषण हुँदै गर्दा लगानीकर्ताहरु होटेल एण्ड टुरिज्म सेक्टरतर्फ आकर्षित भएको हुनसक्ने विश्लेषण धेरैले गरेका छन। 

केहि दिनअघि प्रकाशित भएको SHL को आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको रिपोर्टमा अघिल्लो बर्षको तुलनामा नाफामा उल्लेख्य वृद्धि भएको विवरण कम्पनीले प्रस्तुत गरेको छ। कोभिड संक्रमणका कारण पर्यटन क्षेत्र तहसनहस हुँदा आफ्नो व्यापार ठप्प भएकाले पर्याप्त नाफा गर्न नसकिएको तर अब कोभिड संक्रमणको प्रभाव खासै नरहेकाले व्यापार बढ्ने अपेक्षा कम्पनीले गरेको छ। कम्पनीको व्यापार वृद्धि हुँदा खुद नाफा उल्लेख्य मात्रामा बढ्ने र कम्पनी लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल हुने अपेक्षासहित लगानीकर्ताहरु सोल्टी होटेलको सेयर खरिदमा आक्रामक बनेको विश्लेषण जानकारहरुले गरेका छन। 

नेप्से घट्दापनि किन बढ्दै छ सोल्टी होटेलको सेयर मूल्य, ३०० माथि जाला ?

यो सबै परिदृश्य माझ नेप्से घट्दा पनि होटेल एण्ड टुरिज्म सेक्टर र त्यसमा पनि SHL को सेयर मूल्य बढ्नु र SHL को सेयर उच्च भोलुममा कारोबार हुनुले के कुराको संकेत गर्दैछ र यसरी किन उच्च भोलुमका साथ SHL को सेयर मूल्य बढ्दै छ भन्ने कुरालाई हामीले यो विश्लेषणमा समेटेका छौँ। 

सोल्टी होटेल लिमिटेड (SHL)

करिब ८ महिना अघि जुलाई २९, २०२१ मा SHL को सेयर मूल्य ३१२ रुपैयाँको बिन्दुमा पुगेको थियो। त्यसपछि नेप्सेमा उतार चढाव आउने क्रममा SHL मा पनि उतार चढाव देखियो। ३१२ बाट SHL को सेयर मूल्य घट्दो ट्रेन्डमा गयो र १८६ को बिन्दुसम्म झर्यो। त्यो बिन्दुबाट बढ्न थालेको सेयर मूल्य २४५ सम्म पुग्यो र फेरी घटेर केहि समयअघि नेप्से २५०० को आसपास आइपुग्दा १९९ को बिन्दुसम्म झरेर त्यहाँबाट बढ्दै बुधबार २५० को बिन्दुसम्म पुग्यो र २५० बाट अलिकति घट्दै २४२ को बिन्दुमा क्लोजिङ्ग भएको छ। 

विशेष के देखियो ?
SHL को सेयर मूल्य २२५ भन्दा माथि जाँदै गर्दा करिब ८ महिनादेखि बनिरहेको डाउन ट्रेन्ड ब्रेक भएको छ। ३१२ को बिन्दुबाट SHL को सेयर मूल्य घट्दै जाँदा बनेको डाउनट्रेन्ड ब्रेक भएकाले SHL को सेयर मूल्य अझै माथि जान सक्ने देखिन्छ।  लामो समयदेखि बनेको डाउनट्रेन्ड उच्च भोलुमका साथ ब्रेक हुनुलाई प्राविधिक विश्लेषणमा निकै महत्वका साथ लिईन्छ।  

इन्डिकेटरहरुले के देखाईरहेका छन ?
RSI
SHL को डेली चार्टमा RSI ७२ को लेभलभन्दा माथि पुगेको छ।  ७० माथिको RSI ले कम्पनी बलियो ट्रेडिङ्ग जोनमा रहेको जनाउँछ।  अर्को पक्षबाट हेर्दा RSI ७० भन्दा माथि लाग्दै गर्दा कम्पनीको सेयर ओभरबाउट जोनमा पुगेको भन्ने गरिन्छ तर बुलिश मार्केटमा RSI ९० भन्दा पनि माथि गएको थुप्रै उदाहरणहरु छन्।  यसअघि कम्पनीको सेयर मूल्य ३१२ को लेभलमा पुग्दा RSI ८६ भन्दा माथि पुगेको थियो। अब आउने दिनहरुमा RSI ७० को लेभलभन्दा माथि बस्छ कि बस्दैन भन्ने कुरा विशेष महत्वपूर्ण रहन्छ।  यदि RSI ७० भन्दा माथि माथि नै रहन्छ भने आउने दिनहरुमा कम्पनीको सेयरमूल्य अझै माथि जाने देखिन्छ। 

MACD
SHL को सेयर मूल्य २१० भन्दा माथितिर लाग्दै गर्दा MACD मा बुलिश क्रसओभर देखिएको थियो। अहिले MACD का हिस्टोग्रामहरु पनि लामा लामा बन्दै गईरहेका छन।  यसले कम्पनीको सेयरमा उच्च खरिद चाप रहेको देखाएको छ। 

बुलिंगर ब्याण्ड 
मूल्य २१० भन्दा माथि लाग्दै गर्दा बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाई ब्रेक गर्दै प्राईस माथितिर लागेको थियो।  अहिले अपर ब्याण्डलाइ ब्रेक आउट दिएर अपर ब्याण्डसँगै क्यान्डलहरु बनिरहेका छन।  यसले कम्पनीको सेयर मूल्य आक्रामक रुपमा बढ्ने सङ्केत गर्दछ। 

सबै इन्डिकेटरहरुले सकारात्मक संकेत गर्दै गर्दा टार्गेट र स्टप लसको एरिया कुन कुन ?
यतिबेला लगानीकर्ताले ध्यान दिनुपर्ने महत्वपूर्ण एरिया भनेको २४५ देखि २५० को एरिया हो। यदि सेयर मूल्य २५० भन्दा माथि स्टेबल हुन सक्यो भने २७० को पहिलो टार्गेट बन्नेछ र अर्को महत्वपूर्ण टार्गेट लेभल ३०० हुनेछ।  यदि सेयर मूल्य घट्न थाल्यो र २१५ भन्दा पनि तल तल जान थाल्यो भने मूल्य अझै घट्न सक्ने सम्भावना रहन्छ ; त्यस्तो अवस्थामा स्टप लस गर्नु बुध्दिमानी हुनसक्छ। 

62346101524fe.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको