Like us!
Follow us!
Connect us!
Watch us!

२२ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १६ : ५८ मा प्रकाशित

२२ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २२ अर्बले बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे महिनाकाे तुलनामा २२ अर्बले बढेकाे हाे । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।  बैंकहरुको कर्जा लगानी १७ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेकाे छ ।  माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको