Like us!
Follow us!
Connect us!
Watch us!

टीएमएसमा बीगार्न खोज्दा बीगार्न सकिने प्रसस्त ठाउँ देखिन्छ : सुवास चन्द्र भट्टराई

लगानीकर्ताको आवाज

आइतबार, ०६ चैत्र २०७८, १२ : ३५ मा प्रकाशित

अहिलेको सेयर बजार मौद्रिक नीतिले डोमिनेट गरेको बताउँछन् लगानीकर्ता सुवास चन्द्र भट्टराई । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले भने, "अहिलेको बजारलाई मैले यो मौद्रिक नीतिले अलिकति डोमिनेट गरेको  बजारको रूपमा हेरेको छु । यो सँगसगै देशको अर्थतन्त्र पनि पुरै डामाडोल त छैन तर केही कुरा चाहीँ डामाडोल नै छ जस्तै रूस र युक्रेनको युद्भ कस्तो हुन्छ, पेट्रोलियम पदार्थको भाउ के हुन्छ,  सुनको भाउ के हुन्छ, चुनाव के हुन्छ, रेमिट्यान्सहरूलाई कतै डाइभर्ट त गरेका छैनन् त्यो पूँजीलाई हिजो घरजग्गामा हाल्थे पछि सेयरमा हाले वा अरू कुनै देशले नमानेको करेन्सीतिर गयो की यी कुराहरूले पनि प्रभाव चाहीँ पर्छ । यदि त्यस्तो हो भने बजारलाई नकारात्मक असर चाहीँ गर्छ ।"

नेपाल टेलिकमको बोनस घोषणाको सन्दर्भमा बोल्दै उनले भने, "एनटीसीभित्र इन्साइडर इन्फरमेसन लिएर इन्साइडर ट्रेड भएन भन्न सक्दिँन । १५-२० दिन अगाडि नै संस्थामा काम गरिरहेका मान्छेले मलाई पनि कल गरेका थिए सर यस्तो यस्तो सूचना आएको छ सेयर किन्ने की बेच्ने भन्दा मैले उहाँसँग बोनस दिन्छ एनटीसीले भन्ने पक्षमा म छैन भनेँ । सरकारको धेरै सेयर होल्ड छ र सरकारलाई चुनाव खर्च पनि चाहिएको र यसकालागी नगद चाहिएको हुनाले मलाई बोनस दिन्छ जस्तो लागेको छैन भनेँ । तर त्यस व्यक्तिले भनेको कुरा चाहीँ सही भयो । यसले के देखाउँछ भने हाम्रोे सेयर बजारमा कुनै कुरा ओपन सेक्रेट पनि छन् । कुनै कुरा चाहीँ ओपन पहिल्यै भइसकेका छन् । आम मान्छेले नभएर एउट इन्साइडर ट्रेडरहरूले चाहीँ पहिल्यै थाहा पाएर खेलेको चाहीँ  छ भन्न सकियो । तथापी यो कम्पनीको सूचना फाल्टै कुरा भयो । एनटीसी कम्पनी चाहीँ नराम्रो कम्पनी हो भन्न चाहीँ मिल्दैन । एनटीसी चाहीँ राम्रो कम्पनी हो । यसमा प्रतिवद्धता जाहेर गर्नुपर्यो भने राम्रो पक्ष हुन्छ । जतिसुकै नाफा बाँडोस् कालान्तरमा फेरि फेरि अब आउने वर्षहरूमा त्यो दुइवटैलाइ नगद र बोनस आधा आधा गरी बाँड्यो भने एनटीसीबाट नाफा हुन सक्छ ।" 

पछिल्ला समय बोनस र हकप्रदका कारण बलिया कम्पनीहरू पनि कमजोर भएका कुरामा सहमत छन् उनी । नेपालमा लगानीकर्ताहरूले बोनसलाई प्राथमिकतामा राखेर सेयर किन्ने गरेका उनको तर्क छ । विदेशमा चाहीँ लगानीकर्ताले नगद हेर्ने गरेका उनले बताए । बोनस अनुसारको ग्रोथ गर्न सकेन भने कम्पनीको ईपीएस घट्ने हुँदा लगानीकर्ताले सोही अनुसारको अनुमान गर्नुपर्ने उनी बताउँछन् । 

टीएमएसमा बारम्बार आइरहने प्राविधिक समस्याको बारेमा आफ्नो धारणा व्यक्त गर्दै यो टीएमएस फेल सफ्ट्वेयर रहेको उनले बताए । विश्वका धनी देशहरूसँग सरकारले वा सेबोनले माग्यो भने पनि राम्रो टीएमएस भेटिने उनी बताउँछन् । नेपालको टीएमएसमा बारम्बार समस्या आउनुमा भित्रभित्रै धेरै गल्तीहरू रहेका उनले बताए । अहिले भएको टीएमएस बीगार्न सकिने र बायरको क्लाइन्ट आइडीबाट ब्रोकरको आइडीबाट टीएमएसमा काम गर्ने वा त्यहाँका सफ्ट्वेयर चलाउने व्यक्तिले कसले कुन सेयर किन्यो कसले कुन सेयर बेच्यो यी कुराहरू चाहीँ लिक हुन सक्ने र कसैको प्राइभेट कुराहरू थाहा पाउन सकिने उनले बताए ।  टीएमएस बीगार्न चाहाँदा बीगार्न सकिने ठाउँ रहेको उनको भनाई छ । टीएमएस परिवर्तन गर्नु एकदमै जरूरी रहेको उनले बताएका छन् ।

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको