Like us!
Follow us!
Connect us!
Watch us!

तरलताको समस्या समाधानका उपाय खोज्न प्रधानमन्त्री देउवाको निर्देशन

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, ०७ : ५४ मा प्रकाशित

तरलताको समस्या समाधानका उपाय खोज्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको समग्र विकास हुन नसक्ने बताएका छन् । बोर्ड अफ ट्रेडको छैटौँ बैठकलाई आइतबार सम्बोधन गर्दै उनले बढ्दो आयातलाई न्यूनीकरण गर्न स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । 

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित हुन आवश्यक नीति तथा कार्यक्रम अवलम्बन गर्न निर्देशन दिए । उनले निकासीको दृष्टिले प्रबल सम्भावना भएका र तुलनात्मक लाभ भएका वस्तुको पहिचान गरी निर्यात बढाउने, स्वदेशी उत्पादनलाई प्रवद्र्धन र प्राथमिकीकरण गर्ने तथा निजी क्षेत्र उत्प्रेरित हुने गरी कानुन तर्जुमा गर्न आवश्यक भए सो पनि गर्न निर्देशन दिए ।

निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागी बैठकमा प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा हाल देखिएको तरलताको समस्या र विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई हेरेर अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव पेस गर्न कार्यदल गठन गर्न निर्देशन दिएको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको