Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको सफेद झुट : नेप्से भन्छ,‘टिएमएसको समस्या छानबिन गर्न कुनै निर्देशन आएकै छैन’

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १० : ५५ मा प्रकाशित

अर्थमन्त्रीको सफेद झुट : नेप्से भन्छ,‘टिएमएसको समस्या छानबिन गर्न कुनै निर्देशन आएकै छैन’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले गत सोमबार नेप्सेमा आएको प्राविधिक समस्याका विषयमा छानबिन गर्न अर्थमन्त्रालयबाट आफूलाई कुनै पनि निर्देशन नआएको बताएका छन् । 

अर्थ संसार डटकमसँगको कुराकानीमा कार्कीले भने ‘अर्थमन्त्रीज्यूले सचिवज्यूहरुलाई निर्देशन दिनु भएको हुन सक्छ, अहिलेसम्म मलाई कुनै पनि थप जानकारी आएको छैन अहिलेसम्म मलाई यस विषयमा कुनै पनि खबर पनि आएको छैन सायद आँउदै होला ।’

चैत्र ४ गते भएको अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा कार्यक्रममा अर्थमन्त्रीले नेप्से र सेवोनलाई सोमबार सेयर कारोबारमा आएको समस्यालाई प्राविधिक समस्याका रुपमा मान्न नसकिने भन्दै छानबिनको निर्देशन दिएको बताएका थिए ।

अर्थमन्त्रीको निर्देशन-‘नेप्से बन्द भएको बिषय प्राविधिक मात्र होइन, तत्कालन छानबिन गर्नु’

मन्त्रालयद्धारा प्रेसित विज्ञप्तीमा भनिएको छ केही दिनअघि नेप्से बन्द भएको विषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्काल छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिएका थिए । ‘ केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको