Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर किन्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०५ : ३५ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर किन्ने आज अन्तिम मौका

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट बिक्रि खुल्ला गरेको अवितरित हकप्रद सेयरको लिलाम बढाबढमा बोलपत्र पेश गर्ने आज चैत्र ९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज चैत्र ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले ग्लोबल आईएमइ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं, ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु बुटवल–मिलनचोक, नेपालगंज–त्रिभुवनचोक, हनुमानदास रोड–विराटनगर, पोखरा–न्यूरोड, घोराही–दाङ , सुर्खेत, बाग्लुङ, हेटौँडा, विर्तामोड, जनकपुर, आदर्शनगर–विरगन्ज, नारायणगढ र महेन्द्रनगरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको