Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १६ : ११ मा प्रकाशित

४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ४ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार फागुन ७ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन ६ गते बैंकहरूकाे निक्षेप ४३ खर्ब २३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ४ अर्बले बढेकाे हाे । यसै अवधिमा कुल निक्षेप पनि ४ अर्बले बढेर ४८ खर्ब ९५ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.७७ प्रतिशतबाट घटेर ९०.७३ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

623af64b51a1e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको