Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ३७ विरूद्ध सेबोनमा उजुरी

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १७ : २३ मा प्रकाशित

ब्रोकर नम्बर ३७ विरूद्ध सेबोनमा उजुरी

ब्रोकर नम्बर ३७ अर्थात् स्वर्णलक्ष्मी सेक्युरिटिज विरूद्ध नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा उजुरी परेकाे छ । यस ब्राेकरकाे पुतलीसड़क शाखाका कर्मचारीहरुले श्रमशाेषण गरिएकाे भन्दै बाेर्डमा उजुरी दिएका हुन् ।

कर्मचारीहरूकाे उजुरीपत्रमा भनिएकाे छ, "हामीले मासिक परिश्रम माग गर्दा हामीलाई दुर्यबहार सहन परेको छ र कार्यालय समयमा सधैंजसो मानसिक यातना/टर्चर गरिरहने तथा जागिर निकालाको धम्की समेत दिने गर्दै आएको समेत जानकारी गराउद छौ। हागीलाई बोर्डको नियमानुसार कुनै पनि प्रकारको सेवा-सुविधा प्राप्त नभए तथा नियमसंगत कुनै पनि प्रकारको आर्थिक लाभ प्राप्त नभएको पनि यहि पत्र मार्फत जानकारी गराउन चाहन्छौं।"

साेही विषयमा चैत्र ६ गते मार्य कार्यालयमा बैठक बस्न अनुरोध गरिएकाेमा अनुरोधको जवाफ नपाएपछि कर्मचारीहरू चैत्र ७ र ८ गते कार्यालय कक्षमै कार्य ठप्पपारी बैठकका लागि धर्ना बस्दा पनि कुनै आश्वासन तथा सुनुवाइ नभएकाे उजुरीपत्रमा उल्लेख छ ।

उजुरीपत्र यस प्रकारकाे छ :

623b0875f1da6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको