Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलले सञ्चालन गरेको सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १२ : ३५ मा प्रकाशित

प्रभु क्यापिटलले सञ्चालन गरेको सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तर्गत सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो । 

क्यापिटलले मिति चैत्र ८ गते (मंगलबार) हेराल्ड कलेज काठमाण्डौका स्नातक तह अन्तर्गतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए । 

यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यकाबाट नजिकै रहेतापनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरर्गतको बागमती गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई चैत्र ९ गतेका दिन एक दिने आधारभूत सेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्च मा.वि.को तालिम हलमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको