Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक अब चितवनको टाँडीमा

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १७ : २८ मा प्रकाशित

सानिमा बैंक अब चितवनको टाँडीमा

सानिमा बैंक लिमिटेडले चैत्र १० गते चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका संचालक डा. केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन्।

समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टॉडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । समुद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पुयाएकोमा शुभकामना व्यक्त गरेका छन् ।

त्यसैगरी सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेक छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको