Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमै १२ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १४ : ०९ मा प्रकाशित

एकदिनमै १२ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै १२ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १० गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र ९ गते, बुधबार बैंकहरूकाे निक्षेप ४३ खर्ब १३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप १२ अर्बले बढेकाे हाे । यसै अवधिमा कुल निक्षेप पनि १३ अर्बले बढेर ४८ खर्ब ९५ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ६७ अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.९६ प्रतिशतबाट घटेर ९०.७५ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

623d7db1ac90a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको