Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा थप शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १० : १८ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा थप शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति चैत्र ११ गतेबाट तानसेन – ९, दमकडा, पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।  

वडा नंं ९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको