Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ३९.३६ प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १६ : ३९ मा प्रकाशित

अपि पावरको ३९.३६ प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ३९.३६ प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ६६ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले चैत्र २५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र २५ गतेदेखि २०७९ साल बैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुत्तिलनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज,धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर,दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको