Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका ग्राहकलाई र्याडिसन, द एभरेष्ट, अकामा र अलफ्ट होटलमा विशेष छुट

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १० : ५० मा प्रकाशित

सानिमा बैंकका ग्राहकलाई र्याडिसन, द एभरेष्ट, अकामा र अलफ्ट होटलमा विशेष छुट

सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात् सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड लिनलाई बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको