Like us!
Follow us!
Connect us!
Watch us!

बोनसमा लाग्ने कर तिर्न प्राइम बैंकको आग्रह, नतिरे बोनस नपाईने

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १२ : २३ मा प्रकाशित

बोनसमा लाग्ने कर तिर्न प्राइम बैंकको आग्रह, नतिरे बोनस नपाईने

प्राइम बैंक लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  

बैंकको पाैष ६ गते सम्पन्न भएकाे १४औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६% बोनस सेयर पारित गरिएको थियाे र ०.६३१३% नगद लाभाशं विगतका आर्थिक वर्षहरूका बोनस सेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको थियाे । उक्त बोनस सेयर सुचिकरण भए पश्चात् कर दायित्व बाँकी नरहेका सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको तथा विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका सेयरधनीहरूले सो कर रकम भुक्तनी गरे पश्चात् सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने बैंकले जानकारी गराएकाे छ ।

आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशबाट विगत आर्थिक वर्षहरूको कर रकम असुल गरी बाँकी रकम मात्र वितरण गरिने सूचनामा उल्लेख गरिएकाे छ ।

त्यसैगरी, २०७६ साल फागुन २९ गते प्राइम कमर्सियल बैंक लिमिटेडले साविक कैलाश विकास बैंकलाई प्राप्ती गरेको हुँदा २०७६ साल फागुन २८ सम्म कायम रहेका शेयरधनीहरूको कायम रहेको सेयर संख्यामा आर्थिक वर्ष २०७७/७८ को वितरण हुने बोनस सेयर तथा नगद लाभाशंमा मात्र कर छुट हुने तथा गाभिएको मिति पश्चात् खरिद गरेका सेयरधनीहरूको हकमा आर्थिक वर्ष २०७७/७८ को वितरण गरिने नगद लाभांश पर्याप्त नभएका शेयरधनीहरूले सो नपुग बराबरको रकम एवं विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका सेयरधनीहरूले सो कर रकम बैंकको खातामा जम्मा गरी अथवा eSewa मार्फत रकम जम्मा गरे पश्चात् मात्र बोनस सेयर हितग्राही खातामा आउने जानकारी साेही सूचना मार्फत जानकारी गराइएकाे छ ।

भुक्तानी गर्नुपर्ने लाभाशं करको विवरण बैंकको वेभसाइटमा राखिएको छ । eSewa वा बैंक मार्फत कर रकम जम्मा गर्दा सेयरधनी नम्बर, सेयरधनीको नाम, सेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धित आर्थिक वर्ष जस्ता विवरणहरू भुक्तानी मिलान प्रयोजनका लागि अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62415c9ab5844.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको