Like us!
Follow us!
Connect us!
Watch us!

संसारका २५ प्रतिशत व्यक्ति सेयर बेचेरै घुम्छन् : पूर्व गभर्नर नेपाल

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १४ : ४१ मा प्रकाशित

पूर्व गभर्नर चिरञ्जीवी नेपालले संसारका घुम्न जाने व्यक्तिरूमध्ये २५ प्रतिशत व्यक्तिहरू सेयर बेचेर घुम्ने बताएका छन् । 

अर्थ संसारको कार्यक्रम आर्थिक बहसमा कुराकानी गर्दै उनले भने, "सेयर बजार विकासको ऐना हो । सेयर बजार यदि महत्वपूर्ण होकी देशका ठूला ठाउँमा बसेका व्यक्तिरूले बजारलाई असर पर्ने गरी काँही पनि बोल्दैनन् । लाखौँ लाख करोडौँ मान्छेहरू सेयर बजारमा इन्भल्भ भएका हुन्छन्  । भारतमै हेरौँ न सेयर बजार सम्बन्धी त्यस्ता कुराहरू कुनै नेता वा पार्टीले त्यस्तो बोल्या तपाइँले सुन्नु हुन्छ ? नेपालमा त जुनै पार्टी आए पनि सबैभन्दा पहिला सेयर बजार सम्बन्धी आफ्नो दृष्टिकोण राखी हाल्छन् । सबैभन्दा ठूलो समस्या यो छ नेपालमा । अर्को चिज भनेको सुरूमै यो बामपन्थी विचार भएका सरकारमा आउँदाखेरी सेयर बजारलाई जुवाघर भन्ने, सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने यस्ता दृष्टिकोणलाई नयाँ समाजले त स्वीकार गर्दैन नी । युवा पुस्ताले त त्यो स्वीकार गर्दैन नी । संसारमा जति पनि मान्छे अहिले ट्राभल गर्छन् तीमध्ये २५ प्रतिशत व्यक्तिहरू सेयर बेचेर घुम्ने गर्दछन् ।  घुम्न जाने, गाडी किन्ने, घर किन्ने, सम्पत्ती किन्ने गर्छन् ।"

सरकारको गलत नीति र नियमनको अभावले सेयर बजारमा गिरावट आयो : पुर्व गर्भनर नेपाल

पछिल्लो समय सेयर बजारमा देखिएको गिरावटमा पनि सरकारी नीति र नियमनको अभाव मुलरुपमा जिम्मेवार रहेको उनकाे धारणा छ । उनले समय समयमा सेयर बजारलाई प्रभावित गर्ने गरी आउने देशका उच्च पदस्तहरुको बयानले पनि पछिल्लो गिरावटमा ठुलो भुमिका निर्वाह गरेको बताएका छन् । 

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको