Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १४ : २८ मा प्रकाशित

२ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा लगानी कति ?

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

चैत्र ११ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा २ अर्बले बढेकाे हाे । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्बले नै बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेकाे छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकहरूकाे सिडी रेसियाे ९१.१३ प्रतिशत रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको