Like us!
Follow us!
Connect us!
Watch us!

साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १७ : ४० मा प्रकाशित

साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन् । 

राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए । सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको