Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १५ : ४३ मा प्रकाशित

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकको गोकर्णेश्वर कार्यालयद्वारा सञ्चालित ग्लोबल मनी विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चैत्र १२ गते गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा सम्पन्न भएको हो । 

शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो । शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद दिईन् । 

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको