Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ०७ : २७ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

नेप्सेमा सुचिकृत विभिन्न ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका आज सम्म कायम सेयर धनीहरुले मात्र लाभांश पाउने छन् ।
 
कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि भोली चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेकोले, आज चैत्र १६ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभाले कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चैत्र ८ गते मंगलबार बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २० औं वार्षिक साधारण सभा चैत्र ३०  गते बुधबार नेपाल पर्यटन वोर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा विहान १०ः३० बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सञ्चालक समितिको रिक्त स्वतन्त्र (विज्ञ)  पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गरिने, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिने छ । 

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छब्बीसौँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्योरेन्स लिमिटेड, ूप्रभु कम्प्लेक्सू, तिनकुने, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको पौष २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको