Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सले बिहीबार बुकक्लाेज गर्ने

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ११ : १६ मा प्रकाशित

नेपाल फाइनान्सले बिहीबार बुकक्लाेज गर्ने

नेपाल फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा प्रयाेजनका लागि भाेलि (चैत्र १७ गते, बिहीबार) बुकक्लाेज गर्ने भएकाे छ । 

फाइनान्सले आज एक सूचना प्रकाशन गर्दै साधारण सभा प्रयाेजनका लागि भेलि एक दिन बुकक्लाेज गर्ने जानकारी दिएकाे हाे । त्यसैले, आज (चैत्र १६ गते, बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

फाइनान्सकाे चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २९ औँ वार्षिक साधारण सभा वैशाख ३ गते, शनिबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछन् । 

फाइनान्सले यस आर्थिक वर्षका लागि कुनै प्रकारकाे लाभांश घाेषणा गरेकाे छैन । त्यसैले, फाइनान्सका सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

6243ed2b9a598.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको