Like us!
Follow us!
Connect us!
Watch us!

‘संसारमै नेपालको मार्केट धेरै अन्डरभ्यालुड,फन्डामेन्टल हेरेर किन्नेलाई मिठो निन्द्रा लाग्छ’

लगानीकर्ताको आवाज

बुधबार, १६ चैत्र २०७८, १२ : ०१ मा प्रकाशित

संसारका विभिन्न स्टक मार्केटको तुलनामा नेपालको स्टक मार्केट धेरै नै अन्डरभ्यालुड रहेको र अबको केही दिनमै बजारले गतिलो बाउन्सब्याक लिने बताउँछन् स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्की । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा कार्कीले यस्तो बताएका हुन् । ‘नेपाली स्टक मार्केटमा केही सेक्टर कम्पनीहरु रिस्क जोनमा होलान् तर अहिले पनि धेरै स्टक र सेक्टरहरु यतिसम्म अन्डरभ्यालुड छन् की तिनमा लगानी गर्दा कोही पनि फस्ने सम्भावना नै देखिँदैन चाहे ती इन्भेष्टर हुन् या ट्रेडर हुन्’ उनले भने ‘तर हाम्राे आज लगानी गरेर भोली वा पर्सी नै प्रोफिट हुनुपर्छ खातामा आउने बित्तिकै नाफा वा घाटामा जस्तो अवस्थामा भएपनि बेच्नुपर्छ भन्ने जुन मानसिकता छ त्यसले बिगारेको छ हामीमा धैर्यता नै छैन आफुले लगानी गरेको कम्पनीमा विश्वास नै नगर्ने अरुकै भरमा किन्ने र बेच्ने गर्दा केही प्यानिक भइएको हो आफुले अध्ययन गरेर किन्ने र आफ्नो स्टकमा विश्वास गर्ने हो भने अहिले पनि सेयर किन्ने मान्छे डुब्छ जस्तो मलाई लाग्दैन।'

‘बजारलाई टेक्निकल वा फन्डामेन्टल कुराहरुले कुनै प्रभाव नै नपार्ने भन्ने त हुँदैन यी दुवैको महत्व आफ्नो ठाँउमा छँदैछ तर मूख्य गरी बजारको अप डाउनलाई प्रभावित पार्ने कारण भनेको त लगानीकर्ताहरुको मानसिकता नै हो जतिबेला बजारमा धेरै लगानीकर्ताहरु बाइङ मुडमा हुन्छन् त्यो बेला बजार अप हुन्छ भने जतिबेला उनीहरु सेलिङ मुडमा हुन्छन् त्यो बेला बजार डाउन हुन्छ’ उनले भने । 

अहिले पछिल्लो समय नेपालको सेयर बजारमा इन्भेष्टर भन्दा पनि ट्रेडरहरु बढी हावी भएको उनको तर्क छ । ‘म त भन्छु अहिलेको बजारमा ९० प्रतिशत ट्रेडर हावी भएका छन् लगानीकर्ताहरुकाे मानसिकता नै ट्रेडिङको छ, केही हदसम्म अहिलेको बजारलाई तरलता संकटले पनि प्रभाव पारेकै छ तर पनि मूख्य गरी ट्रेडरहरुले सानो-सानो वृद्धिमा पनि प्रोफिट बुक गर्दा बजार भोलाटायल भयो’ उनले भने । 

आफुले लगानी गरेको कम्पनीभन्दा पनि नेप्से इन्डेक्स हेरेर कारोबार गर्ने प्रचलन बढेकोले गर्दा पनि अहिले नेपालको बजारमा खासै गुड न्यूजले पनि काम नगरेको उनको तर्क छ । ‘आईतबारको सुरुवातमा बीमा कम्पनीहरुको सेयर मूल्य राम्रै बढेको थियो तर बिस्तारै कारोबारका क्रममा लगानीकर्ताहरुले बीमा कम्पनी किन्न अन्य क्षेत्रका कम्पनीहरु बेच्दा समग्रमा नेप्से ईन्डेक्स नकारात्मक हुन पुग्यो पुनः त्यही नेप्से ईन्डेक्स रातो देखेर कतिपय लगानीकताहरु अब बीमा सेक्टर पनि घट्छ भन्ने डरले सप्लाई दिँदा बिस्तारै यो सेक्टर पनि घट्न पुग्यो यसको प्रमुख कारण भनेको लगानीकर्ताहरुको कम्पनी भन्दा पनि ईन्डेक्स हेरेर लगानी गर्नु हो’ कार्कीले भने । 

कार्कीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको