Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १५ : ४२ मा प्रकाशित

बजार बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । लगातार घटिरहेको बजार आज भने हरियाली भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । 

बजार बढ्दा आज बिभिन्न तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार १ सय १३ रुपैयाँ ५० पैसा पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ९९ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरु क्रमश : साम्लीङ पावर कम्पनी लिमिटेड, युनाईटेड इदि मर्दि आरबि हाइड्रोपावर, तेह्रथुप पावर कम्पनी लिमिटेड, सिन्धु विकास बैंक, कर्णली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड रहेका छन् । 

624429bd43e33.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको