Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ०७ : ०३ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयरको शिलबन्दी खोलियो, कति आयो कटअफ मूल्य ?

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गते देखि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

कम्पनीले चैत्र १ गतेदेखि ९ गतेसम्म ५९ हजार ८ सय २७ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ४०९ रुपैयाँ सम्म आउने सक्ने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । शिलबन्दी खुला गर्ने काम सम्पन्न भएपनि हाल आवेदन रुजु गर्ने कार्य भईरहेकाले अन्तिम तथ्याङ्क आउँदासम्म केही परिवर्तन हुनसक्ने क्यापिटलको भनाई छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको