Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा थप २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १० : ३३ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा थप २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप दुई शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ९ को आर. के. मोवायल सर्भिस सेन्टरमा छैठौं र लेटाङ वडा नं. ९ मदनचोक को ए. वि. मेडिकल हलमा सातौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आर.के.मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले ए.वि. मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख  खिमलाल भुषाल, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । 

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको