Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकसहित ७ कम्पनीको सेयर ५२ साताकै न्यून मूल्यमा, कुनको मूल्य कति घट्यो ?

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ११ : ५५ मा प्रकाशित

नबिल बैंकसहित ७ कम्पनीको सेयर ५२ साताकै न्यून मूल्यमा, कुनको मूल्य कति घट्यो ?

पछिल्लो समय नेपालको सेयर बजार निरन्तर ओरालो यात्रामा छ । नेप्से हालसम्म सर्वाधिक उच्च विन्दुबाट करिब ७०० अंकले घटिसकेको छ । नेप्से परिसूचकसँगै नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य पनि ओरालो लागि रहेको छ । 

अहिले नेप्सेमा सुचिकृत कतिपय कम्पनीहरुको सेयर मूल्य ५२ हप्ताकै न्यून बिन्दुमा पुगेको छ भने कतिपय कम्पनीहरुको मूल्य ५२ हप्ताकै न्यून विन्दु नजिक छ । धेरै कम्पनीहरुको सेयर मूल्य लाभांश पछि मूल्य समायोजन भएकाले पनि कम्पनीको मूल्य न्यून विन्दुमा पुगेको हो । अहिले नेप्सेमा सुचिकृत विभिन्न सात कम्पनीहरुको सेयर मूल्य ५२ साताकै न्यून विन्दुमा पुगेको छ । नेपालको सेयर बजारमा ब्लुचिप कम्पनीका रुपमा चिनिएको बैंक नबिल बैंकको सेयरमूल्य पनि अहिले ५२ साताकै न्यून विन्दुमा रहेको छ । 

कार्तिक १७ गते ५२ साताकै उच्चतम मूल्यमा कारोबार भएको नबिलको सेयर मूल्य चैत्र १७ गतेसम्म आईपुग्दा सबैभन्दा न्यून विन्दुमा पुगेको छ । यहि अवधिमा कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट वितरण गरेको ३३.६० प्रतिशत बोनस पछि पुस १६ गते नेप्सेमा यसको सेयर मूल्य समायोजन समेत भएको थियो ।

त्यस्तै, नेप्सेमा सुचिकृत कम्पनीहरुमध्ये बीमा क्षेत्रको ब्लुचिप कम्पनी मानिने शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समेत अहिले ५२ साताकै न्यूनतम विन्दुमा पुगेको छ । जेठ ३१ गते उच्चतम २ हजार २ सय २३ रुपैयाँ प्रतिकित्ता मा कारोबार भएको यो कम्पनीको सेयर मूल्य चैत्र १७ गतेसम्म आइपुग्दा १ हजार ३ सय १३ रुपैयाँ पुगेको छ यो नै यो कम्पनीको ५२ साताकै न्यून मूल्य हो । ३० प्रतिशत हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको थियो ।

यी हुन् चैत्र १८ को कारोबार पछि ५२ साताकै न्यून मूल्यमा पुगेका कम्पनीहरुः 

624699b93626b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको