Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १६ : २८ मा प्रकाशित

नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । 

एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताएका हुन् । 

‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीले भने । 

राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उनले नेपालको सभ्यता निकै पुरानो रहेको बताए । 

‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ । त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ ओलीले भने, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’  

नेपालको सभ्यतामाथि आक्रमण भएको बताएका ओलीले कसले र किन नेपालको संस्कृतिमा आक्रमण गरेको भन्ने विषयमा भने केही खुलाएनन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको