Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप संकलन, सिडी रेसियोमा पनि सुधार

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १० : ३६ मा प्रकाशित

एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप संकलन, सिडी रेसियोमा पनि सुधार

एकै दिनमा बैैक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा कर्जा लगानी भने १ अर्बले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १४ अर्बले बढेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४३ खर्ब ४२ अर्ब पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८४ प्रतिशतबाट घटेर ९०.५९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

624bcc3471490.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको