Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी ढुकुटीमा ३७ अर्ब रूपैयाँ बाँकी !

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १४ : ०६ मा प्रकाशित

सरकारी ढुकुटीमा ३७ अर्ब रूपैयाँ बाँकी !

चालु आर्थिक वर्षको ९ महिना सकिन लाग्दा सरकारले ७ खर्ब ७८ अर्ब प्राप्ति गरेको छ । यो रकम सरकारले अनुदान राजस्व गैरराजस्व शीर्षकमा प्राप्ति गरेको हो । 

सरकारले सबैभन्दा धेरै राजस्व शीर्षकबाट ६ खर्ब ६७ अर्ब संकलन गरेको छ । त्यस्तै गैरकर शीर्षकबाट ५८ अर्ब ३४ करोड र अनुदानबाट १३ अर्ब ८८ करोड प्राप्ति गरेको छ । 

आम्दानी र खर्चको हिसाब गर्दा ३७ अर्ब मात्रै बचतमा रहेको छ । यो बचत घट्दै गएमा सरकारले आन्तरिक ऋण उठाई खर्च गर्नेछ । 

खर्च शीर्षक मध्ये सबैभन्दा धेरै चालु शीर्षकमा खर्च भएको छ। यो शीर्षकमा ५ खर्ब ८२ अर्ब खर्च भएको छ। यस्तै विकास खर्चतर्फ ९४ अर्ब १९ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ६५ अर्ब खर्च भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको