Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र हाम्रा लागि जोखिमको कुरा होः अर्थमन्त्री

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १६ : ०६ मा प्रकाशित

रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र हाम्रा लागि जोखिमको कुरा होः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र जोखिमपूर्ण हुने बताएका छन् । आज सुख्खा बन्दरगाहाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

" पहिले ४ प्रतिशत माइनसमा रहेको रेमिट्यान्स फागुन महिनामा ३ प्रतिशत प्लसमा आएको छ । फागुन महिनामा ९१ अर्ब रेमिट्यान्स भित्रिएको छ हुन त हाम्रो जस्तो रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र जोखिमको कुरा हो अब यो बन्दरगाहालाई आयातको केन्द्रबिन्दु नबनाई निर्यातको केन्द्रबिन्दु बनाउन संकल्प गर्नुपर्छ, " उनले भने । 

अहिले पनि मुलुकमा साढे ६ महिनालाई पुग्ने जती विदेशी मुद्रा सञ्चितमा छ तर पनि अर्थतन्त्रमा थप केही चुनौती आउनसक्छ भनेर केही सतर्कता अपनाएको बताए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकको कुल आयात १३ खर्ब ८ अर्ब जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो, यही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको शर्माले बताए ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । 

सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । 

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको