Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

अर्थ संसार

बुधबार, २६ माघ २०७८, ११ : ४७ मा प्रकाशित

नयाँ सारथी लघुवित्तको नाफामा गिरावट, बढ्याे खुद ब्याज आम्दानी

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने १४.२९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ११ कराेड ६१ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी ( ईपीएस) ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

620359c4c8471.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको