Like us!
Follow us!
Connect us!
Watch us!

बोनस कम्पनीको हित विपरित, प्रबन्ध निर्देशक नियुक्तिमा चलखेलः टेलिकम वर्कर्स यूनियन

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, १२ : १८ मा प्रकाशित

बोनस कम्पनीको हित विपरित, प्रबन्ध निर्देशक नियुक्तिमा चलखेलः टेलिकम वर्कर्स यूनियन

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नेपाल टेलिकम वर्कर्स यूनियन आन्दोलनमा उत्रिएको छ । टेलिकमकाे निर्णयप्रति असन्तुष्टि जनाउँदै यूनियनले आन्दोलनमार्फत् ध्यानाकर्षण गराएकाे छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको फगुन ३० गते सम्पन्न भएकाे सञ्चालक समितिको बैठकबाट टेलिकमको चौधौं साधारण सभा सम्बन्धी चैत्र १ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार छलफलको विषयका अन्तर्गत विशेष प्रस्तावको (ख) मा प्रस्ताव गरिएको निर्णयले यूनियनलाई आश्चर्यचकित पारेकाे युनियनद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएकाे छ, "निधारित समयावधि भन्दा ढिला प्रस्तावित उक्त साधारण सभामा आ.व २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर २० का दरले नगद लाभांश र प्रत्येक १०० कित्ता बराबर २० कित्ताको अनुपातमा बोनस सेयर जारी गर्ने निर्णयलाई हामीले अत्यन्तै चासीपुर्वक हेरेका छौं । कम्पनीले सर्वाधिक कम नाफा आर्जन गरेको वर्ष, सो निर्णयबाट थपिने पूँजीको कुनै लगानी सुनिश्चितता र प्रतिफल वितरण अनुरुप आम्दानी बृद्धि गर्ने ठोस योजना र प्रतिबद्धता बिना सञ्चालक समितिबाट एकतर्फि रुपमा भएको यस प्रकारको दुरगामी महत्वको निर्णय पक्कै पनि स्वभाविक र सरल होइन भन्नेमा हामी विश्वस्त छाैँ ।"

तत्काल पूँजी वृद्धि सम्बन्धी नियामकीय बाध्यता नभएकाे, आयोजनाहरुमा लगानीका लागि लगानीयोग्य पान रकम कम्पनीसँग रहेको कम्पनीको संचित कोष बलियो रहेको, निकट भविष्यमा लगानी र आम्दानी पदिको निश्चित आधार पेश नगरिएको कम्पनीमा ठूला लगानीका आयोजनाहरुका लागि पर्याप्त आधार नबनाइसकेको र विगतमा सधैँ नगद लाभांश वितरण गर्दै आइरहेकोमा कम्पनीको उद्देश्य विपरित ठोस योजना बिना नै बोनस सेयर जारी गर्ने निर्णयले कम्पनीको स्वायत्तता मात्र हैन बरु राज्यलाई समेत प्रत्यक्ष रुपमा नोक्सानी रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । उक्त निर्णयमा यथाशिघ्र पुनर्विचार गर्न यूनियनले जोडदार माग गरेकाे छ।

त्यसैगरी, नेपाल टेलिकमको प्रबन्ध निर्देशक बिना प्रतिस्पर्धा नियुक्त गरिँदा बिचौलियाको चलखेल बढ्नुका साथै सरकार परिवर्तन भएसँगै प्रवन्ध निर्देशक समेत परिवर्तन भइरहने प्रवृत्तिको अन्त्य गर्दै कम्पनीमा स्थायित्व कायम र व्यावसायिक रुपमा अगाडी बढाउन व्यवस्थापन, क्रियाशिल युनियनहरू र मन्त्रालयबीच सहमति भई 'नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशित २०७२' जारी भई सोही निर्देशिका बमोजिम कम्पनीमा दुरसञ्चार क्षेत्रमा लामो समय सेवा गरी अनुभव हासिल गरेको व्यक्ति नै नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियक्ति हुँदै आएको व्यहोरा यूनियनले स्मरण गराएकाे छ ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशक कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी कम्पनीमा लामो समय सेवा गरेर दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गर्दै संस्थाको विकास र विस्तारमा संलग्न रही हरेक प्रकारक समस्याहरु बुझी समाधानका उपायहरु अवलम्बन गरेका वरिष्ठ व्यक्ति नै उपयुक्त हुने भएकाले सोही अनुरुप प्रवन्ध निर्देशक नियुक्तिको लागि युनियनले जोडदार माग गरेकाे छ ।

यूनियनकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :

624d39ab85f07.jpg 624d39b103e88.jpg 624d39b532a34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको