यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले ८५ हजार ५ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । जसमध्ये, सनराइज बैंककाे नाममा ५ हजार ८ सय २७ कित्ता र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे नाममा रहेकाे ७९ हजार ७ सय ४२ कित्ता सेयर रहेकाे छ ।
यसैगरी, सनराइज बैंककाे नाममा रहेकाे सेयरको न्यूनतम मूल्य २ सय २५ रूपैयाँ र एक्सेल डेभलपमेन्ट बैंककाे नाममा रहेकाे सेयरकाे न्यूनतम मूल्य २ सय ९८ रूपैयाँ तोकिएको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै बिमकको संस्थापक सेयर बिक्री सम्बन्धी निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएकाे छ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस