Like us!
Follow us!
Connect us!
Watch us!

"अन्तर्राष्ट्रिय मान्यतामा टेकेर पूँजी वृद्धिकाे निर्णय लियाैँ, हकप्रदमा मात्रै भर पर्न हुन्न"

अर्थ संसार टक

आइतबार, २७ चैत्र २०७८, ०६ : २० मा प्रकाशित

आफूहरूले एकदमै अध्ययन गरेर पूँजी वृद्धिको कुरा अघि बढाइएको बताउँछन् बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "हामीले धेरै Gradually मार्केटलाई Study गरेर अब अहिले भइरहेकाे विद्यमान पूँजीले हामीले खाेजी रहेकाे Destination मा आइपुग्न सक्दैनाैँ । कम्पनीले लिने जुन जाेखिमकाे मात्रा छ त्याे असाध्यै न्यून मात्रै छ भनेकाे मतलव नेपालमा लिइएकाे बीमाकाे असाध्यै न्यून हिस्सा मात्रै कम्पनीले राख्न सक्ने भयाे बाँकी चाँही पैसा बाहिर पठाउने व्यवस्था देखियाे । जबकी तपाइँकाे Adverse के हुन्छ भने कम्पनीले सकेसम्म आफूले Observe गर्नसक्ने Capacity बढाएर हिस्सा लिनुपर्याे । समग्रमा हामीले मार्केट Study गर्दाखेरी अहिले कम्पनीहरूसँग वर्तमानमा भएकाे पूँजी र उसले लिएकाे जाेखिमकाे जुन तुलना छ त्याे जाेखिम धान्नकाे लागि कम्पनीसँग ८ प्रतिशत भन्दा पूँजी पनि छैन । त्यसले गर्दा अब हामीले चाहीँ एकातिर त याे कम्पनीलाई सक्षम बनाउनकाे लागि क्यापिटल वृद्धि गर्नुपर्छ भन्ने हाम्राे निष्कर्स रह्याे । अर्काे कम्पनीहरूकै के Blame छ भने हाम्राे संख्या धेरै भयाे अब हामी सक्नेले पनि बजारमा बसिरहेका छाैँ नसक्ने पनि बजारमा बस्याैँ अब नयाँ कम्पनी आउनु भएन याे संख्या घटाउनु पर्याे भन्ने पनि उहाँहरूकाे एक खालकाे आग्रह रह्याे ।"

उनले थपे, "यसलाई हामीले के रूपमा लियाैँ भने जुन चाहीँ कम्पनी सक्षमता पूर्वक आफ्नाे पूँजी वृद्धि गर्न सक्छन् Capital Plan ले त्याे भनिहाल्छ त्यही अनुसार हामी गराैँला र जसले पूँजी वृद्धि गर्न सक्दैन हामीले भनेकाे समयमा अनि आफ्नाे लाइक माइन्डेड कम्पनीसँग खाेजेर मर्जरमा जानु पर्याे । अब कुनै कम्पनीले ५ प्रतिशत ६ प्रतिशतकाे मात्रै यील्ड गरेकाे छ भने १० प्रतिशत त बैंकले ब्याज दिन्छ ६ प्रतिशतकाे हाम्राे रिटर्न छ भनेपछि त याे हामी कहाँ कहाँ Dilemma मा बसेकाे जस्ताे देखिन्छ त्यसैले याे अवसर पनि भयाे त्याे कम्पनीलाई । कमजाेर कम्पनीहरूले चाहीँ पूँजी वृद्धि गर्ने भनेकाे २ वटा कमजाेर कम्पनी मिलेर आएपछि पूँजी वृद्धि हुन्छ । त्याे बाटाे पनि हामीले खाेल्न खाेजेका हाैँ । त्याे संख्यात्मक रूपमा पनि सशक्त बनाउन खाेजेका हाैँ हामील र पूँजीकाे हिसाबमा पनि कम्पनीले आफूले बहन गर्नसक्ने जाेखीमकाे मात्रा बढाउन पूँजी राख्नुपर्छ भन्ने जुन अन्तर्राष्ट्रिय मान्यता हाे त्याे मान्यतामा टेकेर पूँजी वृद्धिकाे निर्णय गरेका हाैँ ।"

कम्पनीहरूलाई मर्जरमा जानलाई त पूँजी वृद्धिकै निर्णय गर्नु पर्दैन थियाे हाेला नी ?, एक वर्ष भित्र पूँजी वृद्धि गर्न भनिएकाे छ याे सम्भव हाेला र ?, बीमा कम्पनीहरूकाे रिटर्न हेर्दाखेरी हकप्रद निष्कासन गरेर पूँजी वृद्धि गर्न संस्थापकहरू तयार नहाेलान् अरू माध्यमबाट थप्न मिल्ने नी छैन मर्जरमा पनि जान नचाहालान् अब यस्ताे अवस्थामा के गर्ने ?, बीमा क्षेत्रमा विविधिकरण देखिएन नयाँ प्राेडक्टहरू ल्याइएकाे छैन जस कारण Income Generate धेरै गर्न सकिएन पूँजी वृद्धि गरेपछि त्याे अनुसारकाे मुनाफा पनि आवश्यक पर्छ त्यसैले पूँजी वृद्धि मात्रै भन्दा पनि प्राेडक्ट विविधिकरणमा जाेड दिने की ? कतिपय अवस्थामा बीमा कम्पनीहरूले धेरै आश्वासन दिने अनि पाउने चाहीँ शुन्य जस्ताे हुन्छ नी ? बीमालगायतका संगठीत संस्थाहरूले पनि ऋणपत्र निष्कासन गर्ने पाउने विनियमावली आएकाे थियाे नी ? सेयर बजारकाे जाेखिमकाे व्यवस्थापन गर्न बीमाकाे प्राेडक्ट बनाउन सकिँदैन ? सरकारी लगानीकाे राष्ट्रिय बीमा कम्पनीले यसअघि ताेकिएकै पूँजी पुर्याउन सकेकाे छैन यसलाई चाहीँ नियमन हुँदैन की निर्देशन दिइसक्नु भएकाे हाेकी किन त्यस्ताे ? काेराेना बीमाकाे चाहीँ भुक्तानी नहुने नै हाेकी के हाे ? यी र यस्तै प्रश्नहरूकाे बारेमा बीमा समितिका अध्यक्ष सिलवालसँग गरिएकाे कुराकानी तलकाे भिडियाेमा प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको