नेकपा एमालेले बैंकको चुक्ता पूँजी वृद्धिको असर अहिले देखिएकाे बताएकाे छ ।
एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा व्यक्त गर्दै सार्वजनिक गरिएकाे प्रेस विज्ञप्तिमा बैंकको चुक्ता पूँजी वृद्धिको असर पनि अहिले देखिएकाे उल्लेख गरिएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, " बैंकको चुक्ता पुँजी वृद्धिको असर पनि अहिले देखिंदै छ । बैंकहरूको चुक्ता पुँजीमा अकस्मात ४ गुणाले ठूलो वृद्धि गरिए पश्चात् धेरै लगानी गर्न बैंकहरू आकमक हुन थालेका र बजार ओगट्ने अस्वस्थ्य प्रतिस्पर्धाका कारण पूँजीको लागत मूल्यमा भन्दा कम दरमा कर्जा प्रवाह हुन थालेकाले कर्जाको अस्वभाविक वृद्धि भयो । तर उत्पादनमा कुनै सकारात्मक प्रभाव परेको देखिएन । अहिले बैंकमा लगानी योग्य रकम नै बाँकी रहेन ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस