उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।
उनले यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरुको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्दै सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएकोसमस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पानुपर्ने बताए ।
त्यसअवसरमा नेपाल एल.पी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्श एशोसियशनका प्रतिनिधिहरुले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रुपमा ध्यानाकर्षण गराए ।
उनिहरुले मन्त्री बडूलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिँदै उनको कुशल व्यवस्थापन र नेतृत्वमा अहिले देखिएका सबै समस्याको समाधान हुनेमा आफूहरु विश्वस्त रहेको धारणा समेत राखे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस