Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १० : २८ मा प्रकाशित

भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् ।

सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् ।  जात्राको क्रममा राति पौनो नौ बजेबाट  ढुंगामुढासमेत भएको थियो ।

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको,  सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । 

त्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको