Like us!
Follow us!
Connect us!
Watch us!

८ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १२ : ०७ मा प्रकाशित

८ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

विभिन्न ८ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये ७ कम्पनीकाे लभांश प्रस्ताव रहेकाे छ । बाँकी एउटा कम्पनीकाे लगानीकर्ताहरूकाे भने हात खाली हुनेछ । लाभांश प्रस्ताव भएकाे ७ वटा कम्पनीहरूमध्ये ६ वटा कम्पनीकाे बुकक्लाेज भइसकेकाे छ । एभरेष्ट इन्स्याेरेन्सकाे सेयर भने अब किन्दा पनि लाभांश प्राप्त गर्न सकिनेछ ।

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ : 

१. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे छब्बीसाैँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्याेरेन्स लिमिटेड, "प्रभु कम्प्लेक्स", तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे पाैष २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गते एक दिन बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

२. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ ।  सभामा कम्पनीकाे फागुन २९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, चैत्र १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

३. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार, नेपाल पर्यटन बाेर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १७ गते बुकक्लोज गरिसकेको छ । त्यसैले, चैत्र १६ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

४. नेपाल फाइनान्स कम्पनी

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे २९ औँ वार्षिक साधारण सभा वैशाख ३ गते, शनिबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत्र १७ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले कम्पनीकाे सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

५. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चाैबीसाैँ वार्षिक साधारण सभा वैशाख ९ लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २५ गते बुकक्लोज गरिसकेको छ । त्यसैले, चैत्र २४ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

६. नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे तेह्राैँ वार्षिक साधारण सभा आगामी वैशाख १० गते संस्थाकाे प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चाेकमा दिउँसाे ३ बजे सुरू हुनेछ । सभामा संस्थाकाे फागुन १० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसाैँ वार्षिक साधारण सभा वैशाख ११ गते, दियालो लर्डस पर्सा, वीरगन्जमा दिँउसाे १२ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २४ गते बुकक्लोज गरिसकेको छ । त्यसैले, चैत्र २३ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

८. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्ताइसाैँ वार्षिक साधारण सभा वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते बुकक्लोज गर्नेछ । त्यसैले, वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको