अष्ट्रेलियामा आगामी मे २१ मा आम चुनाव हुने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी आम निर्वाचनको मिति घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोरिसनले गभर्नर जनरलसँगको छलफलपछि आम चुनावको मिति तय गर्दै आम सर्वसाधारणलाई मतदान गर्न आग्रह गरेका छन् ।
सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । गठबन्धनको संसदमा ७६ सिट छ । सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ ।
अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन्। प्रतिनिधिसभाका सम्पूर्ण स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ। तर, सिनेटको निर्वाचन प्रक्रिया केही फरक छ । कुल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।
पछिल्लो समय प्रधानमन्त्री स्कट मरिसनमाथि केही आरोप लागेसँगै उनको लोकप्रियता घटेको छ । चुनावी सर्वे अनुसार अस्ट्रेलियामा यो आम चुनावबाट विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने आँकलन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस