Like us!
Follow us!
Connect us!
Watch us!

दुबईमा अहिले धेरै नेपालीका भिल्ला छन् रे : अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १७ : २१ मा प्रकाशित

दुबईमा अहिले धेरै नेपालीका भिल्ला छन् रे : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिले दुबईमा धेरै नेपालीहरुको भिल्ला रहेको खुलासा गरेका छन् ।

 आज अर्थमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भने ,"मैले अहिले धेरै नेपाली हरूको दुबईमा भिल्ला छ रे भन्ने सुनेको छु, त्यो पैसा कहाँबाट आयो, पक्कै त्यो पैसा नेपालबाटै गएको त होला नी !

अर्कै प्रसंगमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न कार्यहरूमा गभर्नरबाट सहयोग नभएको खुलासा गरे। खुलेआम रूपमा राष्ट्र बैंक बारेमा केही बोल्न त मिलेन तर मैले विभिन्न समस्याका बारेमा राष्ट्र बैंकलाई ध्यानाकर्षण गर्दा समेत त्यस्तो कार्यहरू भएन उनले भने ।

"अर्थतन्त्र संकटमा छैन, प्रचारबाजी र राजनीतिकरण नगरौं"

त्यसैगरी, मन्त्री शर्माले बाहिर हल्ला भएकाे जस्ताे अर्थतन्त्र संकटमा नरहेकाे बताएका छन् । पत्रकार सम्मेलनमा बाेल्दै उनले भने, "डाटा र अवस्थाले हाम्रो अर्थतन्त्र संकटमा छैन । अहिले बजारमा जसरी हल्ला गरिएको छ त्यसरी अर्थतन्त्रमा ठूलो समस्या आएको छैन केही कुराहरू सुधारका अवस्थामा पनि आइरहेका छन् । अर्थतन्त्रमा राजनीतिकरण गरेर फाइदा हुँदैन त्यसैले यसलाई बन्द गरौं ।" राजनीति र अर्थतन्त्र दुवै फरक विषय रहेकाे उनकाे तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको