Like us!
Follow us!
Connect us!
Watch us!

"अर्थतन्त्र संकटमा छैन, प्रचारबाजी र राजनीतिकरण नगरौं"

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १७ : ०५ मा प्रकाशित

"अर्थतन्त्र संकटमा छैन, प्रचारबाजी र राजनीतिकरण नगरौं"

अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला भएकाे जस्ताे अर्थतन्त्र संकटमा नरहेकाे बताएका छन् ।

अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले आज  अर्थ मन्त्रालयमा आयाेजना गरिएकाे पत्रकार सम्मेलन बाेल्दै उनले नेपालकाे अर्थतन्त्रका तथ्याङ्कहरूले संकटतर्फ नगएकाे बताउने भन्दै प्रचारबाजी मात्रै धेरै भएकाे बताएका छन् ।

पत्रकार सम्मेलन बाेल्दै उनले भने, "डाटा र अवस्थाले हाम्रो अर्थतन्त्र संकटमा छैन । अहिले बजारमा जसरी हल्ला गरिएको छ त्यसरी अर्थतन्त्रमा ठूलो समस्या आएको छैन केही कुराहरू सुधारका अवस्थामा पनि आइरहेका छन् । अर्थतन्त्रमा राजनीतिकरण गरेर फाइदा हुँदैन त्यसैले यसलाई बन्द गरौं ।" राजनीति र अर्थतन्त्र दुवै फरक विषय रहेकाे उनकाे तर्क छ ।

जनतालाई आतंकित पार्ने उद्देश्यले प्रचारबाजी गरिएकाे भन्दै उनले यस्ता प्रचारबाजी राेक्न सबैलाई विनम्र अनुराेध गरेका छन् ।

यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् । 

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको