Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ११ : ०५ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

नयाँ वर्ष २०७९ को अवसरमा एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजना अन्तर्गत Daraz बाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी CG|LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले POS तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता (Cashback) हुने योजना समेत बैंकले ल्याएको छ । देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंकले जनाएको छ ।

यस योजना अनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ : 

 

Daraz

छुट योजना

डेबिट कार्डमा १० प्रतिशत वा अधिकतम रू. १,०००

 

 

क्रेडिट कार्डमा १५ प्रतिशत वा अधिकतम रू. १,५००

 

योजना अवधि

२०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म

 

Sastodeal

 

छुट योजना

 

डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत वा अधिकतम रू. २,०००

 

योजना अवधि

२०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म

 

Gyapu

 

छुट योजना

 

डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत वा अधिकतम रू. १,०००

 

योजना अवधि

२०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म

 

CG|LG Digital

 

नगद फिर्ता योजना

 

POS तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९

 

योजना अवधि

२०७८ चैत्र ३०

 

साथै, बैंकले Fonepay सँग सहकार्य गर्दै NIC ASIA MoBank मार्फत २०७८ चैत्र ३० का दिन QR भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता (Cashback) प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन QR भुक्तानी गर्ने र QR भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

बैंकले देशभर कूल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको