Like us!
Follow us!
Connect us!
Watch us!

२ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश हुँदैछ पारित ?

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ०५ : ४१ मा प्रकाशित

२ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश हुँदैछ पारित ?

नेप्सेमा सुचिकृत विभिन्न ३ कम्पनीहरुको वार्षिक साधारण सभा आज चैत्र ३० गते हुँदैछ । आज प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको साधारण सभा हुँदैछ । तीनवटै कम्पनीको सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु पारित गर्ने छ । 

१. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे छब्बीसाैँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार प्रभु इन्स्याेरेन्स लिमिटेड, "प्रभु कम्प्लेक्स", तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे पाैष २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १७ गते एक दिन बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, चैत्र १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

२. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ ।  सभामा कम्पनीकाे फागुन २९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, चैत्र १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

३. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार, नेपाल पर्यटन बाेर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १७ गते बुकक्लोज गरिसकेको छ । त्यसैले, चैत्र १६ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको